आज आइतबार नेपाली बजार घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि घटको छ । गत शुक्रबार प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर आज प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया