काठमाडौं - नेपाली बजारमा एक सातामा सुनको मूल्य एक हजार ४०० ले बढेको छ ।
गत आइतबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो आज शुक्रबार सम्म आइपुग्दा प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
अहिले सोहि मूल्यमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया