काठमाडौं - माघ महिना लागे सँगै नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार (पुष महिनाको अन्तिम दिन) प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (माघ २ गते) आइतबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
गत शुक्रबार (पुष महिनाको अन्तिम दिन) प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज (माघ दुई गते) १० रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया