चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालमा १८ देशबाट आलु आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा आउने आलुको सबैभन्दा बढी हिस्सा भारतले ओगटेको छ। त्यसपछि बढी बंगलादेशबाट भित्रिने गरेको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा ५ अर्ब ६२ करोड ७३ लाख ११ हजार रुपैयाँको आलु आयात भएको छ । जसमा ५ अर्ब ५२ करोड १७ लाख ८ हजार रुपैयाँको आलु भारतबाट मात्रै आयात भएको छ । यो अवधिमा चीनबाट भने आलु आयात भएको छैन ।
भारत, बंगलादेश, अमेरिका र यूरोपेली मुलुकबाट समेत नेपालमा आलु भित्रिन्छ । वार्षिक करिब ८ अर्ब रुपैयाँभन्दा बढीको आलु आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
विभागका अनुसार सवा तीन वर्षमा नेपालमा २३ अर्ब नौ करोड ७४ लाख ५३ हजार रुपैयाँको आलु आएको छ । जसमध्ये १७ अर्ब २८ करोड ४५ लाख ७२ हजारको आलु भारतबाट आयात भएको हो ।
आर्थिक वर्ष २०७६र७७ मा ८ अर्ब ५३ करोड ३५ लाख १५ हजार रुपैयाँको आलु आयात भएको थियो । जसमा भारतबाट मात्रै ८ अर्ब १९ करोड ५९ लाख ४६ हजार रुपैंयाको आलु आयात भएको थियो । गत आर्थिक वर्ष ८ अर्ब ९३ करोड ६६ लाख २७ हजार रुपैंयाको आलु आयात भएको थियो । त्यसमा ८ अर्ब ५३ करोड ५४ लाख ४८ हजारको आलु भारतबाट आएको हो ।
प्रतिक्रिया