काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज विहिबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । हिजो ४०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
हिजो बुधबार प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया