काठमाडौं-नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैंयाले बढेको छ ।
हिजो अर्थात सोमबार प्रतितोला ९१ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ३०० रुपैंयाले बढेर प्रतितोला ९१ हजार ६०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य ९१ हजार १०० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैंयाले बढेर प्रतितोला १ हजार २३० रुपैंया कायम भएको महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला १ हजार २२० रुपैंया रहेको थियो ।
प्रतिक्रिया