हिजो स्थिर रहेको सुन चाँदीको मूल्य आज घट्यो, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो आइतबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज सोमबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । हिजो भने स्थिर रहेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।  

हिजो आइतबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया