शुक्रबार तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज सोहि मूल्यमा नै कारोबार हुने

४ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार पनि  प्रतितोला सोहि मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ ।  गत शुक्रबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया