एक सातामा २३०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाली बजारमा सुनको मूल्य २ हजार ३०० रुपैयाँले घटेको छ ।   

गत आइतबार प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबार ९१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । अहिले पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । 

गत आइबारको तुलनामा हिजो शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदी भने प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया