नेपाली बजार फेरी घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य फेरी घटेको छ । हिजो विहिबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला ५०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।  

हिजो विहिबार प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया