काठमाडौं - नेपाली बजारमा हिजो बढेको सुनको मूल्य आज घटेको छ । हिजो बुधबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला ५०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
हिजो बुधबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । हिजो चाँदी प्रतिलोला १० रुपैयाँले बढेको थियो ।
प्रतिक्रिया