काठमाडौं - आज नेपाली बजार सुनको बढेको छ ।
हिजो मंगलबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ९०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
हिजो मंगलबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया