काठमाडौं- नेपाली बजार मंगलबार सुनको मूल्मा भारी गिरावट भएको छ ।
आज सुनको मूल्य एकैदिनमा तोलामा ९०० रुपैंयाले घटेर प्रतितोलाको मूल्य ९२ हजार २०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो अर्थात सोमबार सुनको मूल्य तोलाको ९३ हजार १०० रुपैंयामा कारोबार भएको थियो ।
तेजावी सुनको मूल्य आज ९१ हजार ७०० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैंयाले सस्तिएको छ । हिजो १ हजार २६५ रुपैंया रहेको चाँदीको मूल्य तोलामा १५ रुपैंयाले घटेर प्रतितोला १ हजार २५० रुपैंया कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया