काठमाडौं - आज सोमबार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
हिजो आइतबार प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला ७०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
हिजो आइतबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया