काठमाडौं- यो साता सुन मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ तोकिएको थियो । त्यसपछिका दिनमा भने सुनको मूल्यमा सामान्य उतारचढाव देखिएको थियो । यस साताको मंगलबार सबैभन्दा उच्च मूल्य सुन मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ तोकिएको थियो । बिहीबार भने सुन सबैभन्दा कम मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
साताभरमा चाँदीको भाउमा कुनै घटबढ भएको छैन । अघिल्लो साताको शुक्रबार पनि चाँदीको आजकै भाउमा कारोबार भएको थियो । शुक्रबार लगायत अन्य चार कारोबार दिन पनि चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भएको थियो । यो साताको बिहीबार चाँदी सबैभन्दा कम मूल्यमा खरिदबिक्री भएको थियो ।
साताको अन्तिम कारोबार चाँदी तोलामा १५ रुपैयाँले उकालो लागेर एक हजार २६० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्यमा १५ रुपैयाँले नै गिरावट भएर प्रतितोला एक हजार २४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया