काठमाडौं - आज शुक्रबार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
हिजो विहिबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो विहिबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । हिजो सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
हिजो विहिबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया