५४ करोड ७१ लाख १९ हजार राजस्व संकलनको लक्ष्य, १ अर्ब ३ करोड ६ लाख ९७ हजार संकलन

४ बर्ष अगाडि

काठमाडौं - रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको पाँच महिनामा १ अर्ब ३ करोड ६ लाख ९७ हजार राजस्व संकलन गरेको छ । कार्यालयले लक्ष्यको ८८.३९ प्रतिशत राजस्व संकलन गरेको हो । 

भन्सार कार्यालयका अनुसार मंसिरमा ५४ करोड ७१ लाख १९ हजार राजस्व संकलनको लक्ष्य रहेकामा १ अर्ब ३ करोड ६ लाख ९७ हजार राजस्व संकलन भएको हो । जुन मंसिर महिनामा राखिएको लक्ष्यको तुलनामा ४८ करोड ३५ लाख ७८ हजार  राजस्व बढी संकलन भएको हो ।

गत वर्ष मंसिर महिनामा ३६ करोड ९८ लाख ०८ हजार राजस्व संकलन भएको थियो ।  गत वर्षको तुलनामा यो वर्ष ६६ करोड ८ लाख ८९ हजार बढी राजस्व संकलन भएको छ । 

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया