हिजो ५०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि घट्यो, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज विहिबार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

हिजो बुधबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । हिजो सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घेटेको छ ।  

हिजो बुधबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया