५ महिनामा २५ करोड बराबरको स्मार्ट वाच नेपाल भित्रियो, सबैभन्दा बढी चीनबाट

४ बर्ष अगाडि

काठमाडौं- चालू आर्थिक वर्षको ५ महिनामा २५ करोड बराबरको स्मार्ट वाच नेपाल भित्रिएको छ ।  भन्सार विभाले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार २८ करोड १९ लाख बराबरको दुई लाख थान स्मार्ट वाच नेपाल भित्रिएको हो ।

नेपालमा पनि नयाँ नयाँ फिचरका स्मार्ट वाच लगाउने ट्रेन चलेसँगै झण्डै दुई दर्जन बढी देशबाट यस्ता घडी नेपाल आयात भएका हुन् ।

गत अव २०७७र०७८ मा २४ करोड १ लाख रुपैयाँ बराबरको १ लाख ३८ हजार ६५५ थान स्मार्टवाच भित्रिएको थियो ।  

नेपालमा सबैभन्दा बढी समार्ट वाच चीनबाट भित्रिएको छ । ५ महिनामा चीनबाट मात्रै २२ करोड रुपैयाँ बराबरको दुई लाख २ हजार ९४७ थान समार्ट वाच आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी दोस्रोमा भारत छ । भारतबाट १ करोड ७३ लाख मूल्य बराबरको ८ हजार ८७० ओटा स्मार्टवाचहरु नेपाल भित्रिएका छन ।

भियतनामबाट तीन करोड ४९ लाख बराबरको १२ सय ७० ओटा स्मार्ट वाच भित्रिएका छन् भने अमेरिकाबाट ७ लाख ९७ हजार बराबरको ४३ थान, ताइवानबाट १३ लाख ६० हजार बराबरको १ हजार १४५ थान आयात भएको छ ।

त्यस्तै हङकङबाट ८ हजार बराबरको ५ थान, अस्ट्रेलियाबाट ४ लाख ८७ हजार बराबरको ४४ थान, कोरियाबाट ६ लाख ८८ हजार बराबरको ३४ थान, जापानबाट १ लाख ०९ हजार बराबरको ९ थान तथा यूएईबाट ३ लाख ६४ हजार रुपैयाँ बराबरको १७ थान स्मार्टवाच आयात भएको छ ।

कतार, कोरिया, इजरायल लगाएतका देशहरुबाटपनि स्मार्टवाच भित्रिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया