पाँच महिनामा २४ नाकाबाट ८ खर्ब ३८ अर्ब बढिको बस्तु भित्रियो नेपाल, कुन नाकाबाट कति ?

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको पाँच महिनामा नेपालको २४ नाकाबाट ८ खर्ब ३८ अर्ब रुपैयाँ बढिको बस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यतथ्याङ्क  अनुसार चालु आवको मंसिर महिना सम्ममा ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजार रुपैयाँ बराबरको बस्तु आयात भएको हो । 

आयात हुने २४ नाका मध्ये सबैभन्दा बढि वीरगञ्ज नाकाबाट सबैभन्दा धेरै दुर्ई खर्ब २ करोड ८८ लाख ७० हजार रुपैयाँको बस्तु आयात भएको छ । यस्तै दोस्रो धेरै भैरवा नेकाबाट एक खर्ब ३६ अर्ब ५२ करोड ३२ लाख २७ हजार रुपैयाँको बस्तु आयात भएको भने तेस्रो धेरैमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक खर्ब ५ अर्ब ७ करोड ७९ लाख ७४ हजार रुपैयाँको बस्तु आयात भएको छ । 

समीक्षा अवधिमा विराटनगर नाकाबाट ९८ अर्ब ५४ करोड २६ लाख ३२ हजार, केरोला नाकाबाट ९१ अर्ब ३० करोड ५० लाख ७४ हजार, नेपालगञ्जबाट ३४ अर्ब ८० लाख १० करोड ६० हजार, मेची नाकाबाट २४ अर्ब ८१ करोड ७६ लाख ७० हजार, रसुवा नाकाबाट १३ अर्ब ४३ करोड २८ लाख ५१ हजार, कैलाली नाकाबाट ११ अर्ब १५ करोड ७४ लाख ५६ हजार रुपैयाँको बस्तु आयात भएको छ । 

तातोपानी नाकाबाट ५ अर्ब १९ करोड बढि, सुथाउलीबाट ४ अर्ब ७२ करोड बढि, सुनसरी नाकाबाट २ अर्ब ३१ करोड बढि, जलेश्वरबाट ३ अर्ब बढि, सर्लाहीबाट १ अर्ब बढि, कृष्णनगर नाकाबाट १ अर्ब बढि रुपैयाँको बस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, कञ्चनपुर नाकाबाट ९२ करोड बढि, राजविराज नाकाबाट ७५ करोड बढि, गाउर नाकाबाट ६९ करोड बढि, भद्रपुर नाकाबाट ६१ करोड बढि, जनकपुर नाकाबाट ५६ करोड बढि, महेश्वर नाकाबाट ५० करोड बढि रुपैयाँको बस्तु आयात भएको छ । 

भन्सार विभागका अनुसार ५० करोड भन्दा कम रुपैयाँको बस्तु आयात गर्ने नाकाहरूमा सिराहा नाका, सती नाका र थादी नाका रहेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया