सरकारले ढिलोगरी किसानको धान किन्न थाल्यो, ढिलो हुँदा किसान सस्तोमा किन्न बाध्य

४ बर्ष अगाडि

सरकारले किसानबाट सोना मन्सुली र जिरा मसिनो धान खरिद शुरु गरेको छ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पुस ८ गतेबाट देशभरीको विभिन्न शाखामार्फत धान खरिद शुरु गरेको हो। 

सरकारले सोना मन्सुलीको मूल्य प्रतिकिलो २९ रुपैयाँ २ पैसा र जिराको प्रतिकिलो २९ रुपैयाँ १० पैसा तोकेको छ । सोही समर्थन मूल्यको आधारमा धानको खरिद कार्य शुरु गरिएको हो । 

कात्तिक मसान्तदेखि किसानले धान भित्र्याएपनि सरकारले पुस दोश्रो सातासम्म खरिद नगरेपछि किसानहरु मर्कामा परेको गुनासो आइरहेको थियो । ढिला खरिद प्रकृया शुरु गर्दा किसानले सस्तो मूल्यमा धान बेच्न बाध्य भएका छन् । 

भण्डारण गर्दा धानको तौल कम हुने चिन्ताले गाउँ तथा नजिकको हाट बजारमा गला भण्डारलाई २२ देखि २४ रुपैयाँ प्रतिकिलोमा अधिकांश किसानले धान बेचिसकेका छन्। जसको भकारी वा भण्डारण गर्ने स्रोत साधन छ, ती किसानले मात्र अहिले खाद्यलाई धान बेचिरहेका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया