काठमाडौं - चालु आर्थिक वर्षको मंसिरसम्ममा १८ अर्ब ८६ करोड रुपैयाँको सुन आयात भएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ३ अर्ब १६ करोड रुपैयाँको सुन आयात भएकोमा भदौसम्ममा ८ अर्ब ३५ करोड, असोजसम्ममा ११ अर्ब ७ करोड, कात्तिकसम्ममा १२ अर्ब २२ करोड रुपैयाँको सुन आयात भएको थियो भने मंसिरमा यो वर्षभरीकै बढी सुन आयात भएको छ ।
गत आर्थिक वर्षमा तीन हजार एक सय ६८ किलो सुन आयात भएको थियो । यो अघिल्लो वर्षको तुलनामा करिब ९२ प्रतिशतले धेरै हो । अहिलेसम्मको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा सुन आयात यो भन्दा पनि धेरैले बढ्ने देखिन्छ ।
आज नेपाली बजारमा सुन प्रतितोला ९३ हजार २०० मा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
प्रतिक्रिया