मंसिरसम्ममा १२ अर्ब बढीको चाँदी आयात,कुन महिनामा कति ?

४ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा कुल १२ अर्ब २२ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको छ। गत साउन एक महिनामा २ अर्ब ६२ करोड रुपैयाँको चाँदी आयात भएकोमा भदौसम्म्मा ६ अर्ब ६५ करोड, असोजसम्ममा १० अर्ब १७ करोड र कात्तिकसम्ममा १२ अर्ब २२ करोड रुपैयाँको चाँदी आयात भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार गत कात्तिकसम्ममा मासिक औसतमा ३ अर्ब ५ करोड रुपैयाँको चाँदी आयात हुँदै आएको थियो तर मंसिरमा भने २९ करोड रुपैयाँको मात्रै चाँदी नेपाल भित्रिएको छ।

चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा २१ करोड १६ लाख रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको छ। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया