सुनको मूल्य बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

हिजो आइतबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । हिजो सुनको मूल्य स्थिर रहेको थियो ।  महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।  

हिजो आइतबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया