काठमाडौं, हाल देशभर सञ्चालनमा रहेका २४ मध्ये ११ भन्सार नाकाबाट निर्यात नै शून्य रहेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पाँच महिनाको तथ्यांक अनुसार ११ भन्सार नाकाबाट यसअवधिमा कुनै पनि वस्तु निर्यात नभएको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा भद्रपुर, गउर, जनकपुर, महेशपुर, राजविराज, रसुवा, सर्लाही, सिरहा, सुनसरी, तातोपानी र थाडी भन्सारबाट भने शुन्य रहेको छ ।
तर यी नाकाहरुबाट यसअवधिमा आयात भने भएको छ । विभागका अनुसार यस अवधिमा भद्रपुर भन्सार नाकाबाट ६१ करोड ३० लाख १० हजार रुपयाँ बराबरको सामान आयात भएको छ । यसैगरी गउर नाकाबाट ६९ करोड ९ लाख ३३ हजार, जनकपुर नाकाबाट ५६ करोड ३३ लाख ७७ हजार, महेशपुर नाकाबाट ५० करोड २३ लाख ८० हजार, राजविराज नाकाबाट ७ करोड ५१ लाख ११ हजार रुपैयाँ बराबरको सामान आयत भएको छ ।
त्यसैगरी यस अवधिमा रसुवा नाकाबाट १३ अर्ब ४३ करोड २८ लाख ५१ हजार, सर्लाही नाकाबाट १ अर्ब ७८ करोड ६३ लाख ३ हजार, सिराह नाकाबाट २७ करोड ३६ लाख ३० हजार, सुनसरी भन्सार नाकाबाट २ अर्ब ३१ करोड २४ लाख ४१ हजार, तातोपानी नाकाबाट ५ अर्ब १९ करोड ८१ लख ८० हजार र थाडी भन्सार नाकाबाट भने ६ करोड ७० लाख ३१ हजार रुपयाँ बराबरको सामान आयात भएको छ ।
प्रतिक्रिया