हिजो बढेको सुनको मूल्य आज घट्यो, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

हिजो विहिबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला ७०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । 

हिजो विहिबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया