काठमाडौं - मकवानपुरमा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रको अनुसार गत वर्षको तुलनामा यसवर्ष जिल्लामा धान उत्पादनमा वृद्धि भएको हो ।
गतवर्ष ४४ हजार ४० मेट्रिकटन उत्पादन भएकोमा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले जानकारी दिए । उनका अनुसार यस वर्ष दुई हजार २५७ मेट्रिक टनले उत्पादन बढेको हो ।
जिल्लामा यसवर्ष ३।७४ प्रतिहेक्टर उत्पादकत्व भएकामा गत वर्ष ३.७ प्रतिहेक्टर उत्पादकत्व रहेको थियो । उनले आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा, कृषकमा कृषिसम्बन्धी ज्ञान तथा उन्नत बीउबीजनका कारण जिल्लामा धान उत्पादन बढेको जनाइएको छ ।
प्रतिक्रिया