४ महिनामा २७ अर्ब बढीको खाद्यान्न आयात, १३ अर्ब २४ करोड बढी त चामल मात्र

४ बर्ष अगाडि

काठमाडौं, नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा भारतबाट मात्रै २७ अर्ब रुपैयाँ भन्दा बढीको खाद्यान्न आयात गरेको छ । 

त्यसमा १३ अर्ब २४ करोड भन्दा बढी त चामल नै आयात गरेको नेपाल राष्ट्र बैंकले चार महिनाको तथ्यांकले देखाउँछ । 

नेपालको धानको उत्पादन ४० वर्षमा २६ लाख टनबाट बढेर ५२ लाख टन भएको तथ्यांक छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा धान भित्र्याउने बेलामा भएको वर्षा र बाढीले करिब ११ अर्ब ८७ करोड रूपैयाँको धान नष्ट गरेकाले यो वर्ष चामल आयात अझै बढ्ने देखिएको छ।

नेपालको व्यापारमध्ये भारतसँगको व्यापार हिस्सा सबैभन्दा बढी छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया