घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

गत शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार ९३ हजार ६०० हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

गत शुक्रबार १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार २४५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया