नेपाली बजारमा पुस महिना लागेपछि दुई दिनमा नै सुनको मूल्य १७०० रुपैयाँले बढेको छ । गत मङ्सिरको अन्तिम महिना (२९ गते) प्रतितोला ९२ हजार ३०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य पुस एक गते ७०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै पुस दुई गते फेरी एक हजार रुपैयाँले बढेर प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको हो । यो सँगै दुई दिनको अन्तरालमा सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेको हो । अहिले सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार २३५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया