आयल निगमको घाटा दुई अर्ब ९ कराेडबाट एक अर्ब ५७ करोडमा झ-यो

४ बर्ष अगाडि

एक महिना अगाडिसम्म पाक्षिक साढे दुई अर्ब नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको घाटा आगामी १५ दिनका लागि घट्ने भएको छ । अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि निगमको घाटा आगामी १५ दिनका लागि १ अर्ब ५७ करोडमा सिमित हुने भएको हो । 

पुस १ गते इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट निगमलाई प्राप्त मूल्यसूची अनुसार नयाँ खरिद मूल्य घटेपछि निगमको पाक्षिक घाटा पनि घट्ने भएको हो । आईओसीले हरेक १५ दिनमा खरिदमूल्य अन्तराष्ट्रिय बजार मूल्य अनुसार समायोजन गर्ने गर्दछ ।  

आइओसीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार निगमलाई अझै पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४४ पैसा, डिजेलमा प्रतिलिटर दुई रुपैयाँ ९२ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिण्डर ७५८ रुपैयाँ २५ पैसा घाटा रहेको सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए । जवकी १५ दिन अगाडी निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ३५ पैसा डिजेलमा ७ रुपैयाँ ४४ पैसा र एलपी ग्याँसमा प्रतिसिलिन्डर ७ सय ५८ रुपैयाँ २५ पैसा नोक्सानी थियो । निगमलाई हवाई इन्धन र मट्टितेलमा सामान्य नाफा रहेको छ ।

हालको खरिद मूल्य अनुसार हवाई इन्धन (अन्तरराष्ट्रिय) तर्फ २६ रुपैयाँ ४४ पैसा र आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ ७१ पैसा तथा मट्टितेलमा १६ रुपैयाँ ६२ पैसा नाफा रहेको छ । 

गत कात्तिक २४ गते समायोजन भएको मूल्य अनुसार अहिले पेट्रोल प्रतिलिटर रु १३६, डिलेल प्रतिलिटर रु ११९ र एलपी ग्यास प्रसिसिलिण्डर रु १ हजार ५७५ मा बिक्री भैरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया