पुस लागेसँगै बढ्न थाल्यो सुनको मूल्य, आज एकैदिन १००० ले लाग्यो उकालो

४ बर्ष अगाडि

काठमाडौं - आज पुस दुई गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो विहीबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार ९४ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो बिहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला १००० रुपैयाँले बढेको हो । हिजो एक गते प्रतितोला ७०० रुपैयाँले बढेको थियो । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

हिजो विहीबार १ हजार २३५ हजार रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया