पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी, आज नयाँ मूल्यसूची सार्वजानिक हुने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । भारतले पेट्रोलियम पदार्थको मूल्यसूची पठाउँदा पहिलेको तुलनामा मूल्य कम खरीद मूल्य पठाएपछि नेपालले पनि सोहि अनुसार मूल्य समायोजन गर्न लागेको हो । 

भारतीय आयल निगमले नेपाललाई हरेक अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्दछ । भारतीय आयल निगमले १५ डिसेम्बर अर्थात् मङ्सिर २९ गते नयाँ मूल्य सूची पठाएको छ । 

भारतीय आयल निगमले घटाएर नयाँ मूल्यसूची पठाएपछि नेपालमा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको हो । 

निगमले भोलि शुक्रबार नयाँ मूल्यसूची सार्वजनिक गर्ने तयारी गरेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि भारतले पनि घटेको मूल्य सूची पठाएको हो ।

 भारतीय आयल निगमले यस अघि डिसेम्बर १ मा पनि मूल्य घटाएर पठाएपनि नेपाल आयल निगमले भने आफ्नो उच्च घाटालाई देखाउदै मूल्य घटाएको थिएँन । 

४ बर्ष अगाडि

प्रतिक्रिया