काठमाडौं - आज पुस एक गते विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बुधबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार ९३ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
हिजो बुधबार १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार २३५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया