सुनको मूल्य ५०० ले घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।

हिजो मंगलबार १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज  पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया