ऊन आयात गर्दा २ प्रतिशत भन्सार धरौटी, व्यापारको लागि १० प्रतिशत

४ बर्ष अगाडि

काठमाडौं, कच्चा ऊन आयात गर्दा प्रतितपत्रको २ प्रतिशत मात्र भन्सार धरौटी लिन पाइनेछ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै कच्चा उन आयात गर्दा आद्योगिक प्रयोजनको लागि भने जारी हुने प्रतितपत्र तथा ड्राफ्ट÷टीटीको २ प्रतिशत मात्र भन्सार धरौटी लिनुपर्नेछ ।व्यापारिक प्रयोजनको लागि ऊनको आयात हुन्छ भने १० प्रतिशत भन्सार धरौटी लिनुपर्ने व्यवस्था गरेको छ ।

आयात प्रतितपत्र उपर संशोधन गर्नुपरेमा उल्लेखित रकमको १० प्रतिशतभन्दा बढी हुने संशोधन गर्नुपर्ने अवस्थामा केन्द्रीय कार्यालयको स्वीकृति लिनुपर्नेछ । तर संशोधित रकम अमेरिकी डलर ५ हजार डलरभन्दा कम हुने भएमा भने त्यस्तो स्वीकृति अनिवार्य गरिएको छैन ।

मालसामान आयातको लागि प्रतितपत्र खोल्दा आयातकर्ता तथा निर्यातकर्ताबीचको व्यापार सम्झौता पुष्टि हुने कागजात पेश गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिँदै भारतलगायत अन्य विदेशबाट सामान आयात गर्दा सो कागजात पेश गर्नुपर्ने जनाएको हो । त्यस्तैगरी सामान आयात प्रतितपत्र खोल्दा आयातकर्ताको दर्ता सम्बन्धी अद्यावधिक प्रमाणपत्रको प्रतिलिपि र आयकर दर्ता प्रमाणपत्रको प्रतिलिपि समेत पेश गर्नुपर्नेछ ।

व्यवसाय प्रवद्र्धनको लागि विदेश जाँदा व्यापार प्रवद्र्धनको कार्यक्रमबाट हुने उपलब्धि तथा भाग लिन जानुपर्ने कारण पुष्टि हुने कागजात सहितको निवेदन लिई राहदानी वापत प्रति पटक अमेरिकी डलर ५ हजारसम्म सतही सुविधा प्रदान गर्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको विदेशस्थित कार्यालय सञ्चालन खर्च भुक्तानी पठाउने सम्बन्धमा राष्ट्र बैंकले नयाँ ब्यवस्था गरेको छ। संस्थाहरुको शाखा सम्पर्क÷एजेन्सी कार्यालय खोल्न राष्ट्र बैंकबाट लिएको स्वीकृति तथा सम्झौता पत्र चाहिने छ। साथै कर्मचारीको नियुक्ति पत्र, कर भुक्तानी विवरण आदिका आधारमा बैंक तथा वित्तीय संस्थाका विदेशस्थित कार्यालयको लागि सम्झौता अनुसारको घरभाडा, कर्मचारीको तलवभत्ता, विज्ञापन, कानुनी तथा प्रशासनिक खर्चका लागि आवश्यक विदेशी मुद्रा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नै भुक्तानी पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

बैंक वित्तीय संस्था र विप्रेषण कम्पनीले विदेशस्थित प्रिन्सिपल एजेन्ट्स सम्झौताबमोजिम कर्मचारी (स्थायी वा करारमा नियुक्त) लाई प्रतिनिधिका रुपमा राखेबापत् ती कर्मचारीसँगको सम्झौता बमोजिम निजलाई भुक्तानी गर्नु पर्ने पारिश्रमिक सुविधाबापतको रकम पठाउन पाइने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया