तीन महिनामा १९ उत्पादन दर्ता, १५८ उद्योगलाई नयाँ अनुज्ञापत्र

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६ हजार ४३८ खाद्य पदार्थहरूको आयात अनुमति जारी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 

यसै क्रममा आवश्यक कागजात पूरा नभएका तेल, मह, मसला, कन्फेक्सनरी, केराउ साथै आयात रोक्का गरिएका सिन्थेटिक पेय पदार्थ लगायतका विविध खाद्य पदार्थहरू गरि जम्मा ६१ खाद्य पदार्थको कन्साइन्मेन्टरहरुको अनुमति अस्वीकृत गरिएको छ । 

यस्तै सोही अवधिमा १९ उत्पादन दर्ता गरिएको छ । ६७ नवीकरण गरि जम्मा ८६ वटा आहारपूरक खाद्य पदार्थ नियमन गरिएको छ । यसका साथै विभिन्न १२ वटा विभिन्न नाममा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरूमा १६ हजार ३१० वटा नमुनाहरू प्राप्त भइ जाँच विश्लेषण गरी नियमन गरिएको छ । 

त्यस्तै समीक्षा अवधिमा १५८ उद्योगलाई नयाँ अनुज्ञापत्र दिइएको छ भने २९५ उद्योगको नवीकरण गरिएको छ । ७५० नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया