काठमाडौं - चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरि ऐन नियम अनुसार जम्मा ८५२ नमुनाहरू संकलन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार संकलित नमुनाहरुमा खाद्यान्न दलहनजन्यका १३१ वटा, तेल तथा घ्युजन्यका ९४, फल तथा सागपात जन्य पदार्थका ७४, दाना पदार्थका ४५, मसलाका ४०, चिया कफिका २८, दुध तथा दुग्ध पदार्थका २१, प्रसोधित पिउने पानीका ४० र कन्फेन्सनरिका १६ वटा नमुनाहरूको विश्लेषण परिक्षण भएको छ ।
जसमा ३६ वटा नमुनाहरूको परिक्षण प्रतिवेदन प्रतिकुल पाइएको प्रतिवेदनमा उल्लेख छ । सो मध्ये खाद्यान्नका ८ नमुनाहरू, प्रशोधित पिउने पानीका ७ नमुनाहरू, दूध तथा दुग्ध पदार्थका ४ नमुनाहरू, दाना पदार्थका ४ लगायत अन्य खाद्य पदार्थका नमुनाहरू प्रतिकुल रहेका छन् ।
प्रतिक्रिया