आज सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

गत शुक्रबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

गत शुक्रबार प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया