नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा गाँजाको झोला वितरण गरिने भएको छ ।
महाधिवेशनका प्रतिनिधिलाई जाँजाको रेशाबाट बनेको झोला वितरण गरिने भएको हो ।
‘हिमालयन हेम्प’ ब्राण्डको जाँगाबाट बनेको झोलामा महाधिवेशनको लोगो सहितको स्टीकर लगाएर झोला तयार गरिएको छ । झोला नेपालमै बनेको हो ।
विदेशी कच्चापदार्थबाट निर्मित बस्तुहरुको उपयोगको साटो नेपाली कच्चापदार्थबाट बनेको झोला वितरण गर्नु सकारात्मक रहेको प्रतिकृया सरोकारवालाहरुले दिएका छन् ।
‘नेकाँको महाधिवेशनमा नेपाली गँजाबाट बनेको झोला वितरण हुनु स्वागतयोग्य कदम हो। धन्यवाद छ आयोजकलाई’, गाँजालाई बैधानिक बनाउन माग गर्दै आएका अभियान्ता पूर्वसचिव भीम उपाध्यायले लेखेका छन् ।
प्रतिक्रिया