काठमाडौं - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउन तस्करहरुको सक्रियता बढेको पाइएको छ । पछिल्लो समय विदेशबाट नेपाल फर्किने नेपाली कामदार भरीयाको रुपमा प्रयोग भएको पाइएको छ ।
विभागका अनुसार सुन तस्करीमा पक्राउ परेकामध्ये ८० प्रतिशत नेपाली भरीया हुने गरेका छन । सुन तस्करीले भरीया बनाएका व्यक्तिहरु मार्फत मात्रै मंसिर १३ गतेबाट २२ गतेसम्म विभागले ८१ किलो ५०० ग्राम सुन बरामत गरेको जनाएको छ ।
विभागले उक्त परिमाणको सुन १ हजार ७५५ जना यात्रुबाट बरामत गरेको हो । जसमा १ हजार ४९४ जनाले साढे ७४ केजी सुनको भन्सार तिरेर लगिसकेका छन् ।
जसबाट ७ करोड ८२ लाख राजस्व संकलन भएको विभागले जनाएको छ । बाँकी ७ किलो सुनको भन्सार तिर्न बाँकी नै रहेको छ । जसबाट ७० लाख रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ ।
विभागका अनुसार पछिल्लो १० दिनमा नियन्त्रणमा लिएको सुनमा ५० ग्राम बिना भन्सार ल्याउन पाइने व्यवस्थालाई दुरुपयोग गरेको पाइएको छ ।
प्रतिक्रिया