नेपाली बाजारमा घट्यो सुनको मूल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो विहिबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो विहिबारको 

तुलनामा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

हिजो विहिबार प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया