काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
गत शुक्रबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
गत शुक्रबार प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर २ हजार २०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया