कर कटौती गर्दै भारतमा सस्तियो इन्धनको मूल्य, अब प्रतिलिटरको कति ?

४ बर्ष अगाडि

काठमाडौं, उत्पादन शुल्क कटौती गर्दा आकासिँदै गरेको इन्धनको मूल्य नियन्त्रण गर्न भारत सफल भएको देखिएको छ। 

गत ४ नोभेम्बरमा भारतको केन्द्रीय सरकारले पेट्रोल र डिजेलमा लाग्ने उत्पादन शुल्कमा कटौती गरेको थियो। 

पीटीआईका अनुसार दिल्ली क्याबिनेटले पेट्रोलमा लाग्ने कर कटौती गर्दै ३० प्रतिशतबाट १९.४ प्रतिशतमा झारेको छ। यही कारण अब दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर भारु ८ ले सस्तिने भएको छ। नयाँ मूल्य बुधबार राति १२ बजेबाट लागू हुनेछ। 

दिल्लीमा प्रतिलिटर पेट्रोलको मूल्य भारु १०३.९७ रुपैयाँ र डिजेल भारु ८६.६७ रहेको छ। जब कि मुम्बईमा क्रमशः भारु १०९.९८ र भारु ९४.१४ रहेको छ। – एजेन्सी

४ बर्ष अगाडि

प्रतिक्रिया