नेपालमै मोबाइल उत्पादन गर्न आग्रह, अब अवैध आयात रोकिने

४ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले नेपालमा मोबाइल आयात गर्ने व्यवसायीहरुलाई नेपालमै मोबाइल उत्पादन गर्न आग्रह गरेका छन । 

बुधबार राजधानीमा आयोजित मोबाइल वितरकसँगको एक कार्यक्रममा प्रतिवद्धता सहित व्यवसायीलाई नेपालमै मोबाइल उत्पादनको रिसर्च गर्न भनेका हुन ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने ‘बाहिरबाट मोबाइल ल्याउने ल्याउदै गर्नुस् तर, नेपालमै मोबाइल उत्पादनको वातावरण पनि मिलाउनुस्,’ उनले नेपालमै मोबाइल उत्पादनको सम्भाव्यता अध्यनन गरेर आए सरकारले दिने सहुलियत तथा सहजिकरण गर्न सधै तयार रहेको बताए ।

राजस्व चुहावट रोक्न सरकारले तत्काल एमडिएमएस लागू गर्न सम्बन्धीत निकायलाई निर्देशन दिइसकेको बताउँदै अब नेपालमा अवैध मोबाइल आयात रोकिने उनको भनाई छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया