काठमाडौं - पुर्वी तराइका जिल्लाहरूमा व्यवसाय प्रति उत्साहित हुँदै करोडौं बरबरको लगानी थपिन थालेका छन् । कोरोनाको जोखिम कम भएसंगै व्यवसायीहरूमा पुनः लगानी प्रति उत्साहको वातावरण सिर्जना भएको हो ।
यसैबीच प्रदेश एककै केन्द्रबिन्दु इटहरीस्थित सेन्ट्रल प्लाजाले सोमबार देखि सेन्ट्रल मार्ट सञ्चालनमा ल्याएको छ । इटहरीका प्रतिष्ठित ब्यवसायी राजेश श्रेष्ठले ५ करोडको लगानीमा सेन्ट्रल मार्ट सञ्चालनमा ल्याएका हुन् ।
एक अर्ब ५० करोडको लगानीमा १० तला भवनमा सेन्ट्रल प्लाजा सञ्चालन गरेका उनले थप ५ करोडको लगानी सहित भवनको पहिलो तलामा सेन्ट्रल मार्टको सुरूवात गरेका हुन ।
एउटै छाना मुनीबाट ५ हजार आइटम राखेर सुलभ मुल्यमा सेवा प्रदान गर्ने उद्देश्य सहित उक्त मार्ट सञ्चालनमा ल्याइएको बताइएका छ ।
प्रतिक्रिया