नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैँँछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

अघिल्लो दिन अर्थात सोमबार प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मूल्य तोलामा १०० रुपैंयाले घटेर प्रतितोलाको मूल्य ९१ हजार ९०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९१ हजार ४०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैंयाले घटेर प्रतितोलाको मूल्य १ हजार २०५ रुपैंया कायम भएको महासंघले जनाएको हो । हिजो चाँदीको मूल्य प्रतितोलाको १ हजार २२० रहेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया