सुनको मूल्य घट्दा बढ्यो चाँदी, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो आइतबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ । 

हिजो आइतबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया