चाँदी आयातमा कडाइ : महासंघले असरको सन्दर्भमा अध्ययन गर्ने, तीन महिनामा १२ अर्ब २२ करोडको भित्रियो

४ बर्ष अगाडि

काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाल राष्ट्र बैंकले चाँदी आयातमा गरेको कडाइले पर्ने असरको सन्दर्भमा अध्ययन गर्ने भएको छ । 

महासंघका अध्यक्ष मणिक रत्न शाक्यका अनुसार विगतमा दैनिक एक क्विन्टल देखि एक टनसम्म चाँदी आयात हुने गरेको छ । 

नेपाल राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले मनलाग्दी चाँदी आयात गर्ने व्यवसायीलाई प्रक्रियागत झन्झट पनि थपेको छ । त्यसैले गर्दा पनि चाँदी आयातमा धरै गिरावट आउने राष्ट्र बैंकको अनुमान छ । 

चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा १२ अर्ब २२ करोड रुपैयाँ बराबरको एक लाख २९ हजार ४ सय १० किलो चाँदी मात्रै आयात भएको छ । 

गत आर्थिक वर्षको सोही अववधिमा ६३ करोड रुपैयाँ बराबरको मात्र आयात भएको थियो । गत आर्थिक वर्षमा ७ अर्ब २५ करोड रुपैयाँ बराबरको ७१ हजार ७ सय ४६ किलो चाँदी आयात भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया