चाँदी आयात : एक पटकमा ३८ केजीमै सीमित हुने

४ बर्ष अगाडि

काठमाडौं - व्यवसायीले मनलाग्दी आयात गर्ने चाँदीमा परिमाणात्मक बन्देज लागेपछि एक पटकमा ३८ केजीमै सीमित हुने भएको छ । 

नेपाल राष्ट्र बैंकको चाँदी आयातमा परिमाणत्मक बन्देज लगाई ड्रफ्टरटि।टिको सीमा रकमले खाम्ने मात्र आयात गर्न पाइने व्यवस्था गरेको हो ।

पछिल्लो समयमा चाँदीको आयात उच्च भएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई लगाम लगाउदै विदेशी विनिमय सञ्चितिमा देखिएको दबाबलाई समेत मद्दत गर्ने गरी नयाँ व्यवस्था गर्न लागेको हो । 

बैंकले प्रतिपत्र बाहेक ड्राफ्ट तथा टिटि मार्फत गरिने आयातको सीमा ३५ हजार अमेरिकी डलर तोकेको छ । मंगलबार नेपाल सुन चाँदी व्यावसायी महासंघले निर्धारण गरेको १० ग्राम चाँदीको मूल्यलाई आधार मान्दा एकपटको टिटिले करिब ३८ केजी मात्र चाँदी आयात गर्न सकिने देखिन्छ ।

व्यवसायीहरुले बैंक ग्यारेन्टी तथा स्ट्याण्ड वाई एलसी मार्फत ठूलो परिमाणमा चाँदी आयात गर्ने भएपनि अबदेखि एक पटकमा ३५ हजार अमेरिकी डलरको बराबरको मात्र आयात गर्न पाउने नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया